माओवादीले फिर्ता बोलायो आफ्ना मन्त्री, एमालेमा गएकाहरूलाई पार्टीमा फर्किन २४ घण्टे अल्टिमेटम


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन २९, २०७७

  • काठमाडौँ । २९ फागुन । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना तर्फका मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टी छोडेर एमाले केन्द्रीय समितिमा मनोनीत नेताहरूलाई माओवादीमा फर्किन २४ घण्टे अल्टिमेटम पनि दिएको छ ।

    नेकपा माओवादी केन्द्रबाट गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

    यसअघि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई बागमती प्रदेशको इन्चार्जको भूमिका पाइसकेका छन् ।

    ओलीतिर माओवादी केन्द्रका मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बस्दैछ । चैत २ गते राखिएको राष्ट्रियभेला अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार