टीकारपुरमा नाली खन्दा बम भेटियो, सेनाको टोली जाँदै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ९, २०७७

  • टीकापुर,९ चैत। कैलालीको टीकापुर नगरपालिका-१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।

    त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । सोमबार बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार