नेशनल प्याब्सन काठमाडौँ महानगर समितिले काठमाडौँ जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिता गर्ने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र १६, २०७७

  • काठमाडौँ, १६ चैत । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ महानगर समितिले काठमाडौँ जिल्ला व्यापी हाजिरी जवाफ प्रतियोगिता गर्दैछ । नेश्नल प्याब्सन काठमाडौँको संयोजनमा हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो ।

    हाजिरी जवाफ प्रतियोगिता यसै चैत १९ देखि २१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता मातृभूमि शिक्षा सदन, बालुवाटारमा सञ्चालन हुने छ । यस प्रतियोगितामा ६५ विद्यालयका ७५ टिमको सहभागिता रहने नेश्नल प्याव्सन काठमाडौँ महानगर समिति अध्यक्ष भिष्म पाण्डेले बताए । एउटा समूहमा पाँच वटा टिम राखेर कार्यक्रम संचालन हुनेछ । एउटा समूहबाट दुई वटा टिम अघिल्लो चरणमा प्रवेश गर्ने भएकाले जम्मा ३० वटा टिम सेमी फाइनलमा जानेछन् । सेमी फाइनलबाट ५ वटा टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने अध्यक्ष पाण्डेले बताए ।

    प्रतियोगितामा प्रथम हुने टिमले १२ हजार रुपैयाँ, दोस्रोले ९ हजार, तेस्रोले ६ हजार चौथो र पाँचौँ ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगितामा कक्षा ९ सम्मका विद्यार्थीहरू सहभागिता हुन पाउनेछन् । एउटा स्कुलबाट बढीमा २ वटा समुह सहभागी हुन पाउँनेछन् । एउटा मात्र टिम भए १ हजार र दुई वटा टिम सहभागि हुने भए १ हजार ५ सय रुपैयाँ रजिस्टेसनका लागि तिर्नु पर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार