मिर्गौला पीडित घिसिङलाई एक लाख ३५ हजार सहयोग


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २०, २०७७

  • सोल, चैत २० । दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

    झण्डै एक महिनादेखि सहयोग अभियान शुरु गरी सङ्कलन गरिएको उक्त रकम बुधबार खाँडादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष प्रेम तामाङ, वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीलगायतको उपस्थितिमा पीडितकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो । झण्डै चार वर्षदेखि घिसिङको दुवै मिर्गौलाले काम नगरेपछि नियमित डायलाइसिस भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण जीवनमरणको दोसाँधमा रहेका उनको प्राण रक्षार्थ सहयोग सङ्कलन गरिएको खत्रीले बताउनुभयो ।

    उहाँले कोरियामा रु एक लाख, युकेबाट रु ३० हजार र नेपालमा रु पाँच हजार सङ्कलन भएको र सम्पूर्ण विवरण सामाजिक सञ्जालमार्फत प्रकाशन गरेकोसमेत बताउनुभयो । सहयोग रकम पाएपछि उपचार गराउन सहज हुने बिरामीकी धर्मपत्नीले बताइन् ।
    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार