छहारी गजल सङ्ग्रह सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २२, २०७७

  • काठमाडौं, २१ चैत । युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ‘छहारी’ सार्वजनिक भएको छ । शनिबार आयोजित गजल सङ्ग्रहको विमोचन कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलकार बन्न इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा जानकारी हुनुपर्ने बताए ।

    गजलको लोकप्रियता घटेको नभई लेख्ने मानिस कम भएकाले घटेजस्तो देखिएको उनले बताए । साहित्यको गजल विधाले मुक्तक विधालाई पनि वातावरण दिएको गजलकार पौडेलको भनाइ थियो ।

    सङ्ग्रहका लेखक पौडेलले प्रहरी सेवामा रहेर देश सेवा गरेर बाँकी रहेको समयमा देखे भोगेका कुरा गजलमा उतार्ने गरेको बताए । कार्यक्रममा गजलकार एवं मुक्तककार रमेश पौडेललगायतले नव गजलकार पौडेललले समाजमा देखिने विभिन्न गतिविधिलाई गजलमा उतारेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार