जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ३०, २०७७

  • काठमाडौं, ३० चैत । जनमत पार्टीको अध्यक्षमा सिके राउत सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। तर, उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त गरेका थिए। शनिबार भएको महाधिवेशनमा अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।

    पहिलोपटक भएको जनमत पार्टीको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्। उनले एक हजार पाँच सय ७३ मत ल्याएका छन्। पार्टीको २५ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।

    २३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिलाले अटाएका छन्। केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार