‘झ्यालमा पर्दा छ’ कि गायिका सुमनले ल्याइन् रोयला गीत-फूलमाया


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख ७, २०७८

  • काठमाडौं, ७ बैशाख । चर्चित गायिका सुमन थापा मगरले रोयला गीत ‘फूलमाया’ ल्याएकी छिन् । ‘फूलमाया’ गीतमा सुमनलाई चर्चित गायक खेम सेन्चुरीले आवाजमा साथ दिएका छन् । यसमा प्रकाश भट्टको शब्द, बिनोद बाजुराली म्युजिक एरेन्ज र गायक स्वंय खेम सेन्चुरीको संगीत रहेको छ ।

    पछिल्लो समय लोप हुँदै गईरहेको रोयलालाई म्युजिक भिडिओमार्फत देखाउन खोजिएको छ । माया, प्रेमको गीत ‘फूलमाया’ ले दर्शक तथा श्रोतालाई अन्त्यसम्म तानिरहन्छ । स्थापित कलाकार सम्झना बुढाथोकी लगायत अन्य कलाकारहरुको यसमा अभिनय देख्न सकिन्छ । यस्तै हास्यकलाकार मनिष खड्का, बिशाल परियारले अभिनयले भिडिओलाई थप रोचक बनाएको छ ।

    प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको ‘फूलमाया’ को भिडिओ निकै राम्रो बनेको छ । यस रोयला गीतलाई रेकर्डिस्ट गोबिन्द पराजुली हुन् भने अडिओ मिक्सिङ र मास्टरिङ खडक बाजुरालीले गरेका छन् । यस गीतको भिडिओ, अडिओ प्रोडक्सन साइ भिजन प्रा.लीले गरेको हो ।

    भिडिओ

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार