ईश्वरी अर्यालको ‘आजीवन’ मा अञ्जली अधिकारी र सुधीरको छमछमी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख २०, २०७८

  • काठमाडौं, १९ बैशाख । धादिङ घर भएकी ईश्वरी अर्याल अध्ययनका सिलसिलामा जापानमा छिन् । फुर्सदमा गीत, संगीतमा रमाउछिन् । रचनाकार ईश्वरी अर्यालको नयाँ गीत आजीवन  सार्वजनिक भएको छ । यसअघि उनको डाँडै बिसौनी ले दर्शक तथा श्रोताको मन जितेको थियो ।

    अर्यालको हालै सार्वजनिक आजीवन  मा कुशल बेल्वासे र विपना अधिकारीले स्वर भरेका छन् । यस्तै प्रियाकुमार संगित रहेको छ । चर्चित मोडल अञ्जली अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको छ । कोरस प्रयोग गरेर तयार पारिएको यस भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालले गरेका छन् ।
    यस गीतको भिडिओलाई राजकुमार मगरले सम्पादन र छायांकन दुर्गा पौडेलले गरेका छन् ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार