कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख ३१, २०७८

  • बाँके, ३१ बैशाख । कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज वलीका अनुसार ५ जनाको भेरी अस्पतालमा, दुई जना नेपालगन्ज मेडिकल कलेज र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

    खजुरा गाउँपालिका वडा नं १ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख २८ गते भेरीमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टिपटि उनलाई होम आइसोलेसनमा राखिएको थियो । कैलाली लम्कीचुहाका ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।

    सल्यान कुमाख गाउँपालिकाका वडा नं १ की ६७ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २५ गते भर्ना गरिएको थियो। बर्दिया मधुवन नगरपालिका वडा नं ६ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १५ गते संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि २७ गते अस्पताल भर्ना गरिएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार