प्रधानमन्त्री ओली विरुद्ध गाईघाट बजारमा राके जुलुस


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ १३, २०७८

  • चित्रकुमार कार्की

    उदयपुर, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध गाईघाटमा राँके जुलुस प्रदर्शन भएको छ । चार दलका युवा भातृ संगठनहरु युवा संघ नेपाल९उदयपुर, नेपाल तरुण दल, उदयपुर, योङ्ग कम्युनिष्ट नेपाल, उदयपुर र समाजवादी युवा संघ, उदयपुरले संयुक्त रुपमा सदरमुकाम गाईघाटमा बुधबार साँझ राके जुलुस निकालेका छन् ।

    गाईघाट विपि चौकबाट निकालिएको राके जुलुस बजार परिक्रमा भएर समापन भएको थियो । राँके जुलुसमा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । कोरोना महामारीका बिच सामाजिक दुरी र सुरक्षाको उपायहरु सहित युवाहरुले विभिन्न नारा सहित असंवैधानिक कदमको बिरोध गरेको नेपाल तरुण दल उदयपुरका उपाध्यक्ष गौरी नारायण चौधरीले बताए । विपि चोकमा भएको राके जुलुसमा युवा संघ नेपाल उदयपुरका अध्यक्ष ओम श्रेष्ठले ओलीको प्रतिगमनका विरुद्ध युवाहरु सडकमा आएको बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र र गणतन्त्र विरोधी भएको र युवाहरु यसरी सडकमा आउनु बाध्य भएको योङ्ग कम्युनिष्ट नेपाल (उदयपुर) का अध्यक्ष ज्ञानेन्द्र मगरले बताएका हुन ।संसद विघटन गरेर मुलुकलाई अस्थिरता तर्फ लैजान खोजेकाले युवाहरु सडक आन्दोलनमा आउनुपरेको समाजवादी युवा संघका अध्यक्ष भिम कुमार राईको भनाई छ ।

    प्रतिगमन विरुद्ध आगमी दिनमा अझै शसक्त आन्दोलन आउने उद्घोष गर्दै नेपाल तरुण दल उदयपुरका उपाध्यक्ष गौरी नारायण चौधरीले सम्पूर्ण सहभागी युवाहरलाई धन्यवाद दिदै परिवर्तन युवाबाटै सम्भव छ र हामी निरन्तर लाग्नुको विकल्प नरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट