वैदेशिक रोजगारीका पीडा र यथार्थमा लघु चलचित्र ‘फर्की आउँला’ को प्रोमो सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ १५, २०७८

  • लोकप्रिय टेलिशृङ्खला हिजोआजका कुरामा लामो समय काम गरि पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथा लेखनमा निर्मित लघु चलचित्र ‘फर्की आउँला’ को प्रोमो रिलिज भएको छ ।

    वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहदा आफोले देखेका र भोगेका विषयबस्तु कथामा समावेश गरेको अधिकारीले बताए। सामाजिक संजालमा देखिने हाइफाइ बिदेशी दृश्यभित्र लुकेका पीडा र परिस्थितिलाई कथामा समेटिएको छ ।

    चीनको बिषेश प्रशासकिय क्षेत्र मकाउमा छायांकन गरिएको लघु चलचित्रको निर्देशन तुला पर्वतले निर्देशन गरेका छन् भने निर्माता सागर अधिकारीले रहेका छन् ।

    लघु चलचित्रमा रमेश अधिकारीसंगै श्रीराम पोखरेल, सागर अधिकारी, मोहन कुमार, सुरज अधिकारी, संगीता खनाल, सुनिता अधिकारी र प्रेम तामाङको अभिनय रहेको छ ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार