रुविनाका रहरहरु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ १५, २०७८

  • काठमाडौं, १५ जेठ । सिनामंगलमा जन्मिएकी रुबिना श्रेष्ठ नृत्यमा एकदमै रुची राख्छिन् । प्लस टु अध्ययन पूरा गरेकी उनी नृत्यमा सानैदेखि रुची राख्थिन् । स्कुल र कलेजमा हुने बिभिन्न कार्यक्रमहरुमा उनी भाग लिन्थिन् । संगीत कला केन्द्रमा आवद्ध भएपछि उनी बिस्तारै मोडलिङतिर आकर्षित भईन् । नृत्य, घुमघाम र अभिनयमा उनी विशेष रुची राख्छिन् ।

    रुबिनाले जीन्दगी हो आँशु, सोल्मारी, मेलम्चीको पानी, चस्मा, आधि बाटो सँगै, राम्री राम्री तरुनी, आँखैमा छ तस्विर तिम्रो, दशैं, तिहार  जस्ता केही एल्बमहरुमा पनि काम गरेकी छिन् । यस्तै ल्याप्चे, बुद्धि हराएको मान्छे  जस्ता सिरियलमाा पनि उनले अभिनय गरिसकेकी छिन् । नेपालका विभिन्न महोत्सबहरुमा नृत्यका लागि पुगिसकेकी उनी विदेश समेत पुगेकी छिन् । रुबिनाले जस्तोसुकै परिस्थीतिमा पनि नृत्यलाई अगाडी बढाउने लक्ष्य राखेकी छिन् । उनले फ्रन्टलाइन नेपालसँग भनिन्, ‘नृत्य त मेरो नशा नशामा बगेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार