लण्डनको ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’ मा नेपाली मोडल अनिताले सबैको मन जित्दै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ १७, २०७८

  • काठमाडौं, १७ जेठ । बेलायतमा चर्चित नेपाली मोडल अनिता लिम्बूले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् । सामाजिक सञ्जाल इन्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गर्दै सम्पर्क गरेको थियो । आयोजकको आग्रहपछि उनी अडिसनमा सहभागि हुँदै ‘शो’मा सहभागि हुन पुगेकी हुन् ।

    उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत विहिबार प्रसारण भएको छ । आई टिभी हब मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङ जिल्लामा जन्म भइ इटहरी नगरपालिकाको तरहरामा हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

    नेपालमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययन सकेर अध्ययनको शिलशिलामा यूके आएकी उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।

    यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन्। ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन्। लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार