नेपाल–चीन कार्यकारी परिषद्ले प्रदान गऱ्यो ५० लाख रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २१, २०७८

  • काठमाडौं, २१ जेठ । नेपाल–चीन कार्यकारी परिषद्ले अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । परिषदले अक्सिजन कन्सन्ट्रेटर, पावर्ड एयर प्युरिफायर रेस्पिरेटर, पीपीईज्, सर्जिकल तथा एन ९५ मास्क, सर्जिकल गाउन, सेनिटाइजर, सर्जिकल ग्लोभ्स जस्ता सामग्री अस्पतालको कोभिड युनिटलाई प्रदान गरिएको छ ।

    परिषदले सहिद गंगालाल अस्पतालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । एनेस्थेसियोलोजी विभागका प्रमख आशिष गोविन्द अमात्यका अनुसार नयाँ पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर कोभिडका बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउनेलाई संक्रमण हुनबाट जोगाउने छ ।

    बुधबार परिषद राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको कोभिड युनिट र कान्ति बाल अस्पताललाई पनि बालबालिकाका लागि मास्क हस्तान्तरण गरिएको थियो । तिब्बतको समकक्षी संस्थाले परिषद्लाई अनुदानमा यो सहयोग प्रदान गरेको हो । तिब्बतको उक्त समकक्षी संस्थाको सहयोगमा नेपाल–चीन कार्यकारी परिषद्ले महामारीपछि झण्डै १० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री नेपालका लागि अनुदान दिईसकेको छ । नेपाल–चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले यसअघि कोभिड–१९ को पहिलो लहरमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उल्लेख गरे ।

    अहिलेसम्म नेपालका २० सरकारी अस्पतालहरूमा हस्तान्तरण भएकोमा भऽपुर र धनगढीमा पनि हस्तान्तरण गरिएको थियो । प्रदेश १ मा परिषद्ले ७ करोड ५० लाख मूल्यमा भेन्टिलेटर, पीसीआर मेसिन, मोबाइल एक्स–रे मेसिन, मोबाइल अल्ट्रासाउण्ड अनुदानमा उपलब्ध गराइसकेको छ । नेपाल–चीन कार्यकारी परिषद् सन् २००३ मा स्थापना भएको संस्था हो । यसले व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट