घरमै बसेर अनलाईन गायन प्रतियोगिता ‘ज्योति सिंगिङ्ग स्टार’ मा सहभागी बन्ने अवसर


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ २३, २०७८

  • काठमाडौ, २३ जेठ । गीत, संगीतमा रुची राख्नेहरुका लागि ज्योति म्युजिकले नयाँ अफर ल्याएको छ । लकडाउनको समयमा घरमै बसेर यो अफरको फाइदा उठाउन सकिनेछ । ज्योति म्युजिकले ‘ज्योति सिंगिङ्ग स्टार’ कन्टेस्टको आयोजना गर्दैछ । यस प्रतियोगितामा अनलाइनबाट भाग लिन सकिनेछ । नेपाली भाषा र नेपाल भाषा (नेवारी भाषा) मा गीत गाएर पठाउन सकिनेछ । प्रतियोगीहरुका गीतहरु ज्योति म्युजिकको अफिसियल युट्युवल च्यानलमा अपलोड हुनेछ । आयोजकका अनुसार यो प्रतियोगिता तीन, चार चरणमा सम्पन्न हुनेछ ।

    यस प्रतियोगितामा १३ वर्ष माथिका देश, तथा विदेशमा रहेका जोसुकै नेपालीहरुले भाग लिन सक्नेछन् । अनुभवि निर्णायकबाट विजयी प्रतियोगिहरुको घोषणा हुनेछ । ज्योति सिंगिङ्ग स्टार नेपाल भाषा र नेपाली भाषा दुबैतर्फका विजेता प्रथम, द्वितीय र तृतिय गायक, गायिकाले आफ्नो एकल गीत रेकर्ड गर्ने मौका पाउनेछन् । साथै ६ जना गायक तथा गायिकाका् म्युजिक भिडिओ ज्योति म्युजिकले निमार्ण गरिदिने छ । उक्त भिडिओ ज्योति म्युजिकको अफिसियल च्यानलमा अपलोड हुने बताइएको छ । साथै ६ जना गायक तथा गायिका अन्य विभिन्न पुरस्कार पनि प्राप्त गर्ने छन् ।

    कसरी सहभागी हुने ?
    यस प्रतियोगितामा इमेल वा ह्वाट्सएपमार्फत सहभागि बन्न सकिनेछ । इच्छुकले गीत रेकर्ड गरेर यि दुई मध्ये जुनसुकै माध्यममा पठाउन सक्नेछन् । विस्तृत जानकारीका लागि : आयोजक अमोघ वीर बज्राचार्य ९८४१७१२७७५, मंजिल शाक्य ९८४१६९९७६५ मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नेछन् ।

    आयोजकका अनुसार प्रतियोगिताका सबै सूचनाहरु ज्योती म्युजिकको अफिसियल फेसबुक, इन्स्टाग्रामको पेजमा अपलोड गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार