नियात्रा


  • Frontline Nepal
  • नवराज भट्टराई / नारायण भट्टराई

भारत धार्मिक पर्यटनमा यति बलियो छ कि उसका १ अरब २५ करोड नागरिक मात्रैले पनि देशका विभिन्न धार्मिक स्थल भ्रमण गर्ने हो भने उक्त स्थलको अर्थतन्त्र सबल र सक्षम हुने रहेछ । त्यसो त उनीहरूले भ्रमण गरिरहेका पनि छन् । आन्ध्रप्रदेशमा रहेको हिन्दूहरूको विश्वकै सबभन्दा धनी मन्दिर भनेर चिनिने तिरूपति बालाजी छ । त्यस्तै जम्मु–कश्मिरमा रहेको वैष्णोदेवी मन्दिरले पनि एकै दिनमा लाखौं रूपियाा आर्जन गर्ने रहेछ ।

वास्तवमा यो मन्दिर क्षेत्र भीर, पाखा, पहरालाई फुटाएरै निर्माण गरिएको छ । पहिला पहिला मन्दिर पुग्ने बाटो पनि असाध्यै अप्ठ्यारो रहेछ । अहिले चाहिं ठाउा ठाउाका चट्टान फोडेर सजिलो र फराकिलो बाटो बनाइएको छ । अनि हुादैन त भारतलाई मन्दिरहरूबाटै दैनिक लाखौंको आम्दानी ।

भीर र पहराको समेत सदुपयोग गरेर भारत दिनरातै धनी बनिरहेछ । तर, खास केही मेहनत गर्नु नपर्ने, प्रकृतिले स्वत: सजाएका स्थलहरू र श्रोतसाधनको सदुपयोग गर्न नचाहदा हाम्रो राष्ट्र नेपाल सबै चीज भएको गरिब राष्ट्र ठहरिएको छ । नेपालीलाई यो भन्दा ठूलो दुर्भाग्य अरू के नै हुन सक्ला र ?

श्रीनगरका बारेमा सुनेका धेरैलाई त्यो ठाउा पुग्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्छ । हामीलाई पनि लागेकै हो । त्यहाा पुग्न एकातिर रहरको कुरा थियो भने अर्कातिर डर । तर याद त उही भनाई कै आउाछ कि ‘बहादुर त्यो होइन, जो डराउादैन, बहादुर त त्यही हो जो डरका बाबजुद पनि अघि बढ्छ ।’ हो हामी पनि डरको बाबजुद श्रीनगर पुगिछाड्ने आाट लिएर सफल भयौं । डरको प्रष्ट कारण त सबैलाई ज्ञात नै छ कश्मिर मामलामा भारत र पाकिस्तान बीच भइरहने लडाईंका कारण आतंकित मनको भय विस्तार ।

आशंका र डर जे जे देखाए/सुनाए पनि जम्मुतबीदेखि श्रीनगरसम्मको हाम्रो यात्रा अत्यन्त सहज भयो । ठाउा ठाउामा सुरक्षाकर्मीले सामान्य चेकजााच गरेपनि त्यस्तो कुनै अप्ठ्यारो र असहजता महसुस भएन ।

एउटा फरक अनुभूति चाहिं के भने यस राज्यको हिउादे राजधानी जम्मुतबीमा हिन्दूहरू देखिए । वर्षे राजधानी श्रीनगरमा चाहिं धेरै मात्रामा मुसलमान भेटिए । उनीहरू भन्छन्– हामी न त भारतका हौं न त पाकिस्तानका । बग्लै देशका हौं । तर भारतले जर्बजस्ती हामीलाई आफ्नो कब्जामा राखेको छ । र, व्यवहार पनि आतंकवादीलाई जस्तै गर्छ ।’ हिन्दू–मुसलमान बीचको साम्प्रदायिक द्वेषका कारण आजकाल हिन्दूहरूलाई श्रीनगर बस्न सहज रहेनछ । तसर्थ: उनीहरू श्रीनगरबाट विस्थापित भएर जम्मुतबीमा बस्न थालेका छन् ।

हल्लाखल्ला जे जस्तो भएपनि श्रीनगरमा भ्रमण गर्न जाने पर्यटकहरुको संख्या भने प्रशस्तै हुादोरहेछ । त्यही ठाउाका स्थानीय बासिन्दालाई श्रीनगर राम्रो लाग्न सक्ला/नसक्ला । त्यो बेग्लै कुरा हो । तर केही दिनका लागि बाहिरबाट गएका पर्यटकलाई भने श्रीनगरले मोहितै पार्छ । गर्मीमा यहााको चिसो वातावरण, प्राचीन कश्मिरी पोशाकमा तस्वीर खिच्न पाउने अवसर, डुंगाभित्रैका कोठामा सुत्न, खान पाउने नौला सुविधा, ताल वरिपरि घुमेर रमाईलो गर्न पाइने मौका, माछा कुदेका र माछा मार्दै गरेका दृश्य आदि हेर्न पाउादा कसलाई पो बेग्लै स्वादको आनन्द नआउला । नेपालको चर्चित पर्यटकीय नगरी पोखरामा चारैतिर हिमाल र ताल तलैयाको दृश्य देख्न पाएझैं पाइन्छ श्रीनगरमा ।

यहााको सबभन्दा रोचक पक्ष तालमाथि रहेका डुंगाघर नै हुन् । लचक लचक हल्लिने ती डुंगामा बारेर कोठा बनाइएका छन् । छाना ओढाइएका छन् । खानाको सुविधा पनि भित्रै छ । शौचालयसहितका छुट्टा छुट्टै कोठा भएका त्यस्ता घरमा तातोपानीले नुहाउन पनि पाईयो । यस्ता घरमा हामी २ रात बस्यौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार