नेपाल जर्नी संस्थाद्वारा मेची महाकाली बुहारी संयुक्त आवाजमार्फत सहयोग


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ३१, २०७८

  • काठमाडौं, ३१ जेठ । नेपाल जर्नी संस्थाले कोभिड महामारीले जीविकोपार्जन गर्न कठिनाइ परेका ३५ घर परिवारलाई खाद्यान्न र नगद सहयोग गरेको छ । गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मिर्गौला पीडित, स्कूलमा कार्यरचत गर्ने महिला, गाडी दुर्घटनामा अशक्त भएका, पाठेघरमा समस्या भएका महिला, अपांग व्यक्ति, प्यारालाईसिस भएर धेरै लामो समयसम्म बसेका, क्यान्सर पीडित, असहाय वृद्धवृद्धाहरुलाई झण्डै १ लाख ७५ हजार भन्दा बढीको खाद्यान्न तथा नगद वितरण गरिएको थियो ।

    नेपाल जर्नीले मेची महाकाली बुहारी संयुक्त आवाजसँग समन्वय गरी उक्त सहयोग प्रदान गरेको हो । मेची महाकाली बुहारी संयुक्त आवाज बाग्मती प्रदेश कार्यक्रम संयोजक तथा काठमाडौं संयोजक अन्जिला श्रेष्ठ अध्यक्षतामा, नेपाल जर्नीका अध्यक्ष गोपाल भण्डारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएके थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार