पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार ६, २०७८

  • सिमकोट, ६ असार। सिमकोट गाउँपालिका—६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ । सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो ।
    आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार