विर्तामोड नगरपालिका : बढी बजेट पूर्वाधार विकासमा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १०, २०७८

  • बिर्तामोड, १० असार । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ र ७९ को लागि कुल १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ ।

    आज आयोजित सातौँ नगरसभामा नगरकी उपप्रमुख पवित्रा महताराले पूर्वाधार विकासलाई रु.५६ करोड १४ लाख ५० हजार प्रस्तावसहित बजेट प्रस्तुत गरेकी हुन् । नगरले आर्थिक विकासमा रु. २८ करोड २७ लाख, सामाजिक विकासमा रु. ३८ करोड दुई लाख १४ हजार ५००, वातावरण तथा विपद् व्यवस्थापनमा रु. ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास प्रशासनिक र चालु खर्च समेत रु. ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरिएको छ ।

    नगरपालिकाले चालु खर्च रु. ४४ करोड ३५ लाख १४ हजार र पुँजीगत खर्च रु. ६६ करोड ४२ लाख ६५ हजार ५०० तथा सामाजिक सुरक्षा वापत रु. २० करोड गरी कुल रु. एक अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सयको व्यय हुने अनुमान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट