गायक तथा समाजसेवी कपिल कसपाल सांगितिक क्षेत्रमा सबैको मन जित्दै


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार ११, २०७८

  • रसिलो ओठ बोलको गीतबाट चिनिएका गायक हुन्, कपिल कसपाल । उनले मायाको चेक, ठेकीभित्र मदानी, भक्तपुर जस्ता गीतमा स्वर भरेका छन् । कोरोनाकाल अगाडिसम्म विभिन्न साङ्गितिक कार्यक्रममा ब्यस्त भै रहने गायक कपिल अहिले सामाजिक सेवामा ब्यस्त छन् ।

    कोभिड प्रभावित अति बिपन्नलाई खाद्यान्न लगायत सहयोग सामग्री बितरण पनि गरिरहेका छन् । कोभिड सम्बन्धि सम्पुर्ण जानकारी दिने उद्देश्यले जुममार्फत डाक्टरसँग अन्र्तक्रिया गराएर सम्पुर्ण जनतालाई सचेतना फैलाउँदै आइरहेका छन् । नेपाल औषधि व्यवसायी संघ भक्तपुरका सल्लाहकार पनि हुन् । कपिलले संघमार्फत हुने विभिन्न कार्यक्रमहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । उनी भक्तपुर सांगितिक समाजका उपाध्यक्ष तथा सांगितिक कार्यक्रममा संयोजक पनि हुन् । यसले विभिन्न सांगितिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    गायक कपिल बिगत दुई दशक यता सांगितिक क्षेत्रमा संघर्षरत छन् । उनको पहिचान रचनाकार र रेडियोकर्मिका रुपमा पनि स्थापित छ । उनले दुई वर्ष द लभ लेटर एल्बम बजारमा ल्याएका थिए । उनले भजन पनि गाएका छन् । सबै खालका गीत गाउन सक्ने खुबी छ उनमा । उनले छिटै नै नयाँँ सांगितिक कोशेली ल्याउने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार