यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गते देखि आइपीओ जारी गर्ने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १७, २०७८

  • यूनियन लाइफ इन्स्योरेन्सले साधारण सेयर (आइपीओ) २०७८ असार २४ गते देखि निष्काशन गर्ने भएको छ। आइपीओ निष्काशन बन्द असार २८ गते हुनेछ । यूनियन लाइफलाई नेपाल धितोपत्र बोर्डले असार १३ गते अनुमति दिएको थियो ।

    यूनियन लाइफ इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशत आर्थत् ६४ लाख ५० हजार कित्ता साधारण सेयर प्रति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्नेछ । जसमध्ये ५ प्रतिशत अर्थात् ३,२२,५०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ३,२२,५०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ५८,०५,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

    इच्छुक आवेदकले मेरोसेयर वा सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत न्यूनतम १० कित्ता देखि ३२,२५० कित्ता सम्म आवेदन दिन सक्नेछ ।

    निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको छ । आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड पुग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार