महान्यायधिवक्ता बडालद्वारा राजीनामा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार २९, २०७८

  • सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन् । बडालले भने, ‘मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।’

    सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उहाँले तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट