पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ३०, २०७८

  • गण्डकी, ३० असार । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीयस्थल पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’ तयार गरेको छ । यसअघिको पर्यटकीय ब्रान्ड ‘पाराडाइज पोखरा’ लाई परिमार्जन गर्दैै पोखरा पेयर याज पाराडाइज तयार गरिएको हो ।

    नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताए । गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यक्ता महसुस गरी शुरुआत गरिएको उनले बताए ।

    ब्राण्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा चिनाउन थप बल पुग्ने उल्लेख गर्दै उनले यसको शुरुआत बोर्डले गौतमबुद्ध जन्मस्थल लुम्बिनीबाट गरेको जानकारी दिए । ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालामाझ विभिन्न चरणमा प्रस्तुत गरिएको थियो ।

    सोबाट प्राप्त राय तथा सुझाव सङ्कलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए । उनका अनुसार कोभिडको प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्र पर्यटन बजारमा प्रचार गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट