कर्णालीद्वारा दुई अध्यादेश स्वीकृत


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार ३१, २०७८

  • कर्णाली, ३१ असार । कर्णाली प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले आज दुई अध्यादेश स्वीकृत गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश भएको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिसका लागि स्वीकृत गर्ने निर्णय गरेको हो ।

    प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आव २०७८/०७९ को बजेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एक महिनासम्म पारित गर्न नदिएपछि आज अध्यादेशमार्फत बजेट जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार