प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३, २०७८

  • काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएक छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

    सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुुक्त नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुुसार विश्वासको मत लिन लागेका हुन् । देउवा गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार