एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्देश परियारको उम्मेदवारी


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३, २०७८

  • अस्ट्रेलिया, ३ साउन । गैर-आवासीय नेपाल संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अस्ट्रेलियाबासी नेपालीलाई अपनत्व गराउने उद्देश्य बोकेर सबैको साझा संस्था बनाउने अभियानका साथ यस पटक एनआरएन अस्ट्रेलियाको तास्मानिया राज्यबाट सन्देशको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

    ‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए समूह मा रहेर हामी सबैले सम्पूर्ण अष्ट्रेलियाबासी नेपाली समुदायलाई एउटा बलियो मालामा जोड्ने प्रयास गरेका छौं ।’ सन्देशको प्यानलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पहिलो पटक उदाहरणको रुपमा हाम्रो एनआरएनए, राम्रो एनआरएनए समूहले सबै नेपालीहरूलाई जोड्ने सङ्कल्पका साथ हामी हजुरहरूको माझमा आएका छौं ।’

    ‘यसै जुलाइ ३१ मा हुन गइरहेको एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा अत्यधिक भोट दिएर हाम्रो सबैको समाबेशी टिम बनाउने यस अभियानलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछु ।’ सन्देशले छोटो प्रतिक्रिया दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार