कार्यदलमा रहेका नेपालनिकट सांसदले मत नदिने


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३, २०७८

  • काठमाडौँ, ३ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने तयारी गरे पनि पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बस्ने भएका छन् । प्रधानमन्त्री देउवाले राख्नुभएको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिनुभएको छ ।

    उहाँहरूसँगै निस्कनुभएका सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन गरेकाले आफूहरू मतदानमा भाग नलिने बताउनुभयो । सोही समूहका सांसद निरादेवी जैरुले भने कार्यदलमा रहेका नेताहरू मात्रै तटस्थ रहने र अन्यले मत दिने जनाउनुभयो । एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले यही घटनामा सांसदबाट राजीनामा दिनुभएको छ ।

    एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सहमतिमा गत जेठ २ गते गठित कार्यदलले गत असार २७ गते विवाद समाधानका लागि १० बुँदे सहमति भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार