देउवाले पाए विश्वासको मत, पक्षमा १६५, विपक्षमा ८३


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३, २०७८

  • काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त छन् । प्रतिनिधि सभामा आइतबार राती भएको मतदानमा देउवाले १६५ मत पाएका छन् । उनको विपक्षमा ८३ मत परेको छ।

    प्रतिनिधि सभामा सरकारले विश्वासको मत प्राप्त गर्न १३६ सांसदको समर्थन आवश्यक हुन्थ्यो । जसपाको महन्थ ठाकुर (१३ जना सांसद समूह) समेत देउवालाई विश्वासको मत दिन तयार भएका थिए ।
    ओली समुहका चार जना सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम र धनबहादुर बुढाले समेत देउवालाई मत दिएका छन् ।

    सर्वाेच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । धारा ७६ (६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार देउवाले आइतबार प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार