एमाले स्थायी कमिटी बैठक आज बस्दै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन १६, २०७८

  • काठमाडौँ, १६ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

    एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ ।

    एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार