राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन २७, २०७८

  • काठमाडौँ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूसँग सङ्घको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ । सङ्घका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए । हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको सङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट