रोजी गिरी ‘युएस एम्बेसी युथ काउन्सिल’ मा छनौट


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, अशोज ३, २०७५

  • अशोज ३, काठमाडौं – तेक्वान्दोकी तेस्रो डन तथा राष्ट्रिय रेफ्री हुन्, काठमाडौं, जोरपाटीकि रोजी गिरी । त्यति मात्र होईन मिस टिन २०१५ कि फस्र्ट रनर अप उनी युनाइटेड नेसन्स योङ लिर्डस २०१६ मा समेत छनौट भएकी थिईन् ।

    एकपछि अर्को गर्दै रोजीलाई सफलता मिल्दै गएको छ । यतिबेला उनी युएस एम्बेसी युथ काउन्सिल २०१८/१९ का लागी छनौट भएकी छिन् । मुलुकभरबाट प्राप्त १ हजार ८ सय आबेदकहरुमध्ये छनौट भएका ५५ जना युवाहरुभित्र रोजी पनि छनौट भएकी हुन् । युथ काउन्सिलको यो सातौं संस्करण हो । युएस एम्बेसी युथ काउन्सिलका लागी हरेक वर्ष अमेरिकन राजदुताबासले आबेदन खुलाउने गर्छ । जसमा १८ वर्षदेखी २७ वर्ष उमेर समुहका कुनैपनि नेपाली युवाहरुले आबेदन दिन सक्छन् ।

    युएस एम्बेसी युथ काउन्सिलले युवाहरुलाई नेतृत्व र सीपमुलक तालिम प्रदान गर्दै आएको छ । त्यसबाहेक युवाका विविध विषयहरुमा छलफल, बहस तथा अन्र्तक्रिया पनि गर्दै आएको छ । समय समयमा क्षेत्रिय तथा राष्ट्रिय कन्फ्रेन्स पनि गर्दै आएको छ । काउन्सिलसँग वि इन्सपायर नेपाल (WIN) ले बिभिन्न कार्यक्रमहरुमा सहकार्य गर्ने जनाईएको छ । खेलमार्फत नेपालको प्रतिनिधीत्व गरेर जापान र स्वीट्जरल्याण्डसमेत पाईला टेकिसकेकी रोजीले एम्बेसी युथ काउन्सिलको सदस्य बन्ने अबसर पाउँदा एकदमै खुसी व्यक्त गरिन् ।

    कानुनमा स्नातक तहमा अध्ययनरत उनले एक वर्षे कार्यकालमा धेरै अनुभब बटुलेर देशको सेवामा लगाउने बताईन् । रोजी युट्युब च्यानल फ्रन्टलाइन नेपालको कार्यक्रम प्रस्तोता समेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार