नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ अन्तर्गत राष्ट्रिय महिला उद्यमी सीप विकास समितिद्वारा आयोजित १५ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३१, २०७८

  • काठमाडौं, ३० साउन । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ अन्र्तगत राष्ट्रिय महिला उद्यमी सीप विकास समितिको आयोजनामा १५ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । चावहिलस्थित मनास्लु वल्र्ड कलेजमा १५ दिन अघि व्यक्तित्व विकास तथा उद्घोषण तालिम सूरु भएको थियो । उक्त तालिममा महिला उद्यमी सहभागि भएका थिए । महिला उद्यमीहरुमा व्यक्तित्व, विकास र सञ्चार कलाको विकास गराउने उद्देश्यले । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ अन्तर्गत राष्ट्रिय महिला उद्यमी सीप विकास समितिले कार्यक्रमको आयोजना गरेको थियो ।

    उक्त कार्यक्रम नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ अन्र्तगत राष्ट्रिय महिला उद्यमी सीप विकास समितिको केन्द्रीय सह–संयोजक रञ्जना मास्केको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, विशेष अतिथि मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामा, अतिथि नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका सह–कोषाध्यक्ष प्रेम महर्जन, नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमति प्रदेश सचिव राज कार्की, बागमति प्रदेश सदस्य महेश कायस्थ, महासंघका केन्द्रीय सदस्य समला प्रधान, काठमाडौं जिल्ला अध्यक्ष चन्द्र रणपहेली, काठमाडौं जिल्लाका पदाधिकारीहरुका साथै अन्य व्यवसायीहरुको बाक्लो उपस्थिीति रहेको थियो ।

    तालिममा सहभागीहरुलाई प्रशंसा तथा बधाई ज्ञापन गर्दै महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले व्यवसायका अतिरिक्त आफूमा नेतृत्व विकास पनि हुनुपर्ने कुरामा जोड दिनुभयो । वर्तमान समयमा व्यवसायलाई आधुनिकरण गर्दै आफैबाट परिवर्तन हँुदै व्यवसायलाई पनि आधुनिकरण गर्नु पर्ने बताउनु भयो । ‘कामको मूल्यांकन गर्ने, राम्रो सभ्य संस्कारको विकास गरौं । कुराको प्रतिष्पर्धा होईन जिम्मेवारी र कामका प्रतिष्पर्धा गरौं ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

    यस्तै नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमति प्रदेश सचिव राज कार्कीले सिकाइको कहिल्यै अन्त्य नहुने बताउँदै, सिक्ने कुरामा जहिल्यै अगाडी सर्न उत्प्रेरित गर्नुभयो । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ अन्र्तगत राष्ट्रिय महिला उद्यमी सीप विकास समितिका लागि जस्तोसुकै अवस्थामा पनि बाग्मति प्रदेश र व्यक्तिगत तर्फबाट सहयोग प्रदान गर्ने बचन दिनुभयो । ‘सिलाई व्यवसाय गर्ने व्यवसायीहरुले सिलाई पेशा मात्र गर्दैनन् । समाजमा जनचेतना जगाउने जुन काम गर्नुभयो त्यसका लागि सम्मान व्यक्त गर्न चाहन्छु ।’ कार्कीले भन्नुभयो ‘यस्ता कामहरु गर्न सबै व्यवसायीहरुलाई आव्हान गर्छु ।’

    उक्त १५ दिने तालिम अनुभवि सञ्चारकर्मी कुशल कुसुमले प्रशिक्षण दिएका थिए । कार्यक्रमको संयोजन काठमाडौं जिल्ला राष्ट्रिय महिला उद्यमी सीप विकास समितिका सहसंयोजक मृदुला शर्माले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन व्यवसायी सबिना कट्वालले गर्नु भएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट