फ्रन्टलाईन नेपाल मङ्लबार, साउन १, २०८१

मेलम्चीको बाढीले थप तीन घर बगायो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २, २०७८

  • सिन्धुपाल्चोक, २ भदौ । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको  जानकारी दिनुभयो । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ ।

    यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

    गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ । गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट