ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १५, २०७८

  • काठमाडौं । नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५,६०० जना सहभागिबाट छानिएर ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको हो । सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए ।

    सबैजनाले आ-आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । अब भने यस प्रतियोगितामा केही फरक हुने ग्यापुका सँस्थापक सिइओ ज्ञानेन्द्र खड्काले बताए । छानिएका ५० सहभागीहरूबाट अब उत्कृष्ट २५ सहभागीहरू छानिनेछन् । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरी नयाँ भिडियो बनाएर पठाउनुपर्ने हुन्छ । ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएका मध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भिउ हुन्छ उ नै उत्कृष्ट २५ मा पुग्नेछ ।

    यसर्थ परिणाम निकै नै पारदर्शी हुनेमा कम्पनी विश्वस्त रहेको छ । यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिनेछन् । सो उत्कृष्ट तीन पनि पहिलेकै प्रकृयाबाट छानिनेछ । अर्थात जसको धेरै लाइक र भिउ आउछ उ नै उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन् । ग्यापु मार्केटप्लेसको आधिकारिक वेबसाइट (gyapu.com) मा गएर उत्कृष्ट ५० को नाम हेर्न सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार