तिज गीत ‘जिन्दगानी आखिर के रैछ र’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ १७, २०७८

  • काठमाण्डौं । नेपाली नारीहरुको चाड तीजलाई लक्षित गरेर नयाँ तिज गीत ‘जिन्दगानी आखिर के रैछ र’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ओखलढुङ्गाका अध्यक्ष सपना सुनाम सहित कल्पना सुनुवार, आशा केसी सब्बु सरगम, सपना घर्ति मगर, सपना सुनाम, सीता नेपाली, अम्बिका लुइटेल, ममता राना मगरको स्वर रहेको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा सातै जना कलाकारले अभियन गरेका छन् ।

    संगीत रामकुमार नेपालीको रहेको छ भने एरेन्ज बिनोद वाजुराली, मिक्सिङ खडक वाजुराली र रेकर्डिस्टको भूमिका गोविन्द पराजुलीले खेलेका छन् । उक्त गीतको शब्द संयोजन अमृत भारतीको र संगित भने आरके नेपालीको रहेको छ । उक्त गीतलाई एबीएस म्युजिक प्रालिले आफ्नो युट्युवमार्फत सार्वजनिक गरेको हो ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार