गण्डकी विश्वविद्यालयको डिनमा डा अधिकारी


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २६, २०७८

  • गण्डकी, २६ भदौ । गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त हुनुभएको छ । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो । अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गर्नुभएको डा अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गर्नुभएको छ ।

    स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार डा अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार