चलचित्र ‘लभ स्टेसन’ को शुभमुहूर्त


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज ८, २०७५

  • अशोज ८, काठमाण्डौं । गोविन्द शाही र क्रिशु शाही (काफिया) र कविरविक्रम शाहीले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र लभ स्टेसनको शुभमुहूर्त गरिएको छ ।

    सोमबार पशुपतिनाथ मन्दिरको परिसरमा चलचित्र निर्माण टिमको उपस्थितिसहित पूजाआजा गरी शुभमुहूर्त गरिएको हो । चलचित्रको टिम भोलि मंगलबार छायाँकन स्थल जानेछ । शुक्रबारबाट छायांकन प्रारम्भ हुने निर्माता गोविन्द शाहीले बताए । चलचित्रमा अहिलेका चर्चित अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ प्रमुख भूमिकामा रहनेछन् ।

    प्रकाश शाह, रमेश बुढाथोकी, रवि डंगोल, सिरु विष्ट, रश्मि पाण्डे आदि कलाकारहरुको पनि उक्त चलचित्रमा अभिनय रहनेछ । उज्ज्वल घिमिरेको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्र ५० दिन लगाएर छायांकन गरिने बताईएको छ । लभ स्टेसनलाई आलप शुक्लाले छायांकन गर्नेछन् । २ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको चलचित्र फ्लोरमा जानुअघि नै चर्चामा छ ।
    भारतका सिक्किम, दार्जिलिङ लगायतका स्थानमा छायांकन हुन लागेको लभ स्टेसन प्रेमकथामा आधारित रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार