गैँडा चोरीसिकारको अभियोगमा फरार व्यक्ति पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ८, २०७८

  • चितवन, ८ असोज चितवन । राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा रहेका छन् ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परेका थिए । अधिकारीका अनुसार फरार १० मध्ये निज लामा पक्राउ परी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट