गायिका इन्दिरा जोशीको फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ८, २०७८

  • काठमाडौं, ८ अशोज । चर्चित गायिका इन्दिरा जोशीको फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट भएको छ । उनी बिगत दुई वर्षदेखी प्रेम सम्बन्धमा रहेको बताउँदै आएकी थिइन् ।
    गायिका जोशी माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी थिइन् । हेलिकप्टरमा खुम्बु पुगेकी जोशी र फेशन डिजाइनर केडियाले त्यहाँ उत्रिने बित्तिकै इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टका तस्विरहरु जोशीले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

    यतिबेला गायिका इन्दिरा र फेसन डिजाइनर केडियाबिभ भएको इन्गेजमेन्टको भिडिओ टिकटकमा भाइरल भएको छ । क्याप्टेन विवेक थापाले आफ्नो टिकटकमार्फत उक्त भिडिओ पोस्ट गरेका हुन् । केही अघि इन्दिराले आफ्नो इन्गेजमेन्टको तस्विर पोस्ट गदै लेखेकी छिन् :
    उनले सोधे : के तिमी म सँग विहे गछ्यौ ?
    मैले भनें : हो । गर्छु ।
    म तिमीलाई माया गर्छु शरद केडिया । हरेक दिन मलाई माया दिएकोमा धेरै धन्यबाद । शरद केडिया ! माइ स्टार ।

    गायन रियालिटी शो नेपाल आइडल को जज बनेपछि इन्दिराको चर्चा झन् चुलिएको थियो । जोशी र केडियाको जोडीलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । गायिका जोशीका उध्रेको चोली, चौबन्दी चोली, उकालीमा जादा, मोहनी, चिया कफी, मोटरसाइकलमा, रेलीमाई, बेहुली, हाँस्न सिकायौ जस्ता चर्चित गीतहरु सार्वजनिक भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार