नेपालमा ल्याटिन डान्सको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको इभेन्ट हुँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, अशोज १०, २०७५

  • अशोज १०, काठमाडौं । नेपालमा पहिलो पटक ल्याटिन डान्सका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको ठूलो इभेन्ट हुँदैछ । अशोज १२ गतेबाट सूरु हुने ‘नेपाल ल्याटिन डान्स फियस्टा २०१८’ तीन दिनसम्म चल्नेछ । साल्सा डान्समा रुचि राख्नेहरुलाई यो इभेन्ट एकदमै फाइदाजनक छ । साल्सामा रुचि भएका तर सिक्न सूरु नगरेकाहरुले अन्तर्राष्ट्रिय प्रशिक्षकहरुसँग सिक्न पाउनेछन् ।
    थापाथलीस्थित ब्लु बर्ड कम्प्लेक्समा मलेसियाबाट आएका गिप्सन पेरे र क्यानाडाबाट आएकी काल्निस स्कुबर्टले हरेक दिन ६ घण्टा प्रशिक्षण दिनेछन् । इभेन्टको अन्तिम दिन दरबारमार्गको क्लब डेभाजुमा सबैले ल्याटिन डान्स प्रदर्शन गर्नेछन् । यो कार्यक्रम भब्य हुने आयोजक फोर्ट साल्सा स्टुडियो प्रा.ली.का योगेशराज श्रेष्ठले बताए । साल्साका  नेपाली प्रशिक्षक रियाज श्रेष्ठ, बिनायक दास श्रेष्ठ, योगेशराज श्रेष्ठ, सप्रिना श्रेष्ठ, अशोकनन्दन भण्डारीले दर्शकसामु साल्सा डान्स देखाएर मनोरन्जन प्रदान गर्नेछन् ।
    ‘नेपाल ल्याटिन डान्स फियस्टा २०१८’ मा साल्सा सिक्न अग्रिम रुपमा बुक गरे ३ हजार रुपैंया र सिधै ब्लु बर्ड कम्प्लेक्सको ढोकैमा टिकट किन्नु पर्दा ४ हजार रुपैयाँ खर्चिनुपर्नेछ । दर्शकहरुले १ हजार रुपैयाँ तिरेपछि दरबारमार्गको क्लब डेभाजुमा  ल्याटिन डान्स हेर्न सक्नेछन् । नेपाल पर्यटन बोर्ड र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।
    आयोजक : फोर्ट साल्सा स्टुडियो प्रा.ली.
    स्थान : थापाथलीस्थित ब्लु बर्ड कम्प्लेक्स, थापाथली

    प्रतिक्रिया
    सम्बन्धित समाचार