सुनको मूल्य प्रतितोला रु ६०० ले घट्यो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक १०, २०७८

  • काठमाडौँ, १० कात्तिक । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।

    त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० कायम भएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार