देश विकासका लागि भ्रष्टाचार रोकिनुपर्छ : डा सिके राउत


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक १५, २०७८

  • राजविराज, १५ कात्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताउनुभएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उहाँले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताउनुभयो । कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । पार्टीका कञ्चनरुप नगर समितिका अध्यक्ष अनिल पञ्जियारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार