मोडल सन्चितालाई ‘भयौ परदेशी’ बाट बेष्ट मोडलको अवार्ड


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ ६, २०७७

  • काठमाडौं। मोडल सन्चिता शाहीले बेष्ट मोडलको अवार्ड पाएकी छिन् । मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न ‘स्टार इन्टरनेशनल अवार्ड २०२१’ मा भयौ परदेशी  गीतबाट बेष्ट मोडल (महिला) तर्फको अवार्ड प्रदान गरिएको हो । यसअघि सन्चिताले पाँच वटा अवार्ड हात पारिसकेकी छिन् । यो उनको छैठौं अवार्ड हो ।

    नेपाली म्युजिक भिडियोको क्षेत्रमा करिब तीन सय भिडिओमा अभिनय गरिसकेकी सन्चिताले अवार्ड पाएपछि खुसी ब्यक्त गरिन् । अवार्ड पाएपछि काम गर्न थप उर्जा मिल्ने सन्चिताको प्रतिक्रिया दिएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार