आइबाका अध्यक्ष उमर काठमाडौँमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर १, २०७८

  • काठमाडौँ, १ मङ्सिर । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली यहाँ आउनुभएको हो । अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गर्नुभयो ।

    आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उमरको टोली तीन दिनका लागि नेपाल भ्रमणमा आएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट