आजबाट होटेल याक एण्ड यति ४१ औं वर्षमा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज ११, २०७५

  • अशोज ११, काठमाडौं । आजबाट होटेल याक एण्ड यति ४१ औं वर्षमा प्रबेश गरेको छ । विश्व पर्यटन दिबसको अबसर पारेर सन् १९७७ को २७ सेप्टेम्बरमा होटेल याक एण्ड यति खोलिएको थियो । ४१ औं वर्षमा प्रबेश गरेको अबसरमा याक एण्ड यतिले बिशेष कार्यक्रम आयोजना गर्दैछ ।

    नेपालको इतिहास र संस्कृति झल्काउँने संरचना भएको पाँच तारे याक एण्ड यतिमा दुई सय ७० वटा रुम उपलब्ध छन् । लाल दरबारकै शैलीमा यो निमार्ण भएको छ । पाँच तारे होटेलमा उपलब्ध हुने सबै खालका सुबिधाहरु यहाँ उपलब्ध छन् । पछिल्ला वर्षहरुमा स्वीमिङ पुल, सपिङ आर्केड, दुई वटा टेनिस कोर्ट, फिट्नेस सेन्टर र सुबिधायुक्त स्पा पनि यहाँ थपिएको छ । यहाँको लाल दरबार कन्भेन्सन सेन्टर काठमाडौंकै सबैभन्दा ठूलो हलमा गनिन्छ । अहिलेसम्म यो हलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समेत गरेर एक हजार ५ सय भन्दा बढी कार्यक्रमहरु सम्पन्न भईसकेका छन् ।

    बिगत चालिस वर्ष लामो अबधिमा होटेल याक एण्ड यतिले समाजमा चेतनामुलक सामाजिक, सांस्कृतिक र वातावरणिय कार्यक्रमहरु आयोजना गरिसकेको छ । यस अबसरमा गत मंगलबारदेखी ४१ मार्टिनिस इभेन्टको आयोजना सञ्चालन गरिरहेको छ । आउने आईतबारसम्म यो इभेन्ट चल्नेछ । चार सय १ रुपैयाँमा बिभिन्न पेय पदार्थको स्वाद लिन सकिनेछ । बिहान ११ बजेदेखी बेलुका ११ बजेसम्म पियानो बारमा यो इभेन्ट सञ्चालन भईरहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार