एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामा बस्ने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर १४, २०७८

  • भरतपुर, १४ मङ्सिर । नेकपा (एमाले) को दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो । एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान मतदान भएको छ । अहिले मतगणना सकिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यका लागि निर्वाचन भएको थियो ।

    महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भइसकेका छन् । सबै मतपरिणाम आएपछि सदस्यको टुङ्गो लाग्ने जनाइएको छ । मतदानमा दुई हजार १५३ जनाको मताधिकार रहेकामा दुई हजार ९६ जनाले मात्रै मत खसालेको निर्वाचन आयोगले जनाएको छ । एमालेको यही मङ्सिर १० गतेदेखि चितवनमा जारी १० औँ महाधिवेशन आज सकिँदैछ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार