खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर २५, २०७८

  • काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराउनुभएको छ । खाँण हाल गृहमन्त्री, कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ । उहाँहरुले केहीबेरअघि केन्द्रीय सदस्य, खुलाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ । केही समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आगामी कार्यकालको सभापति पदका लागि उम्मेदवारी दर्ता गराउन लाग्नुभएको महाधिवेशनस्थल भृकुटीमण्डपबाट जानकारी प्राप्त भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार