रामेछापबाट गीता कार्की एमालेको केन्द्रीय सदस्यमा मनोनित


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर २७, २०७८

  • काठमाडौँ , २७ मंसिर । नेकपा एमालेको केन्द्रीय सदस्यमा रामेछापबाट गीता कार्की मनोनित भएकी छिन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा परेकी हुन् ।

    कार्की रामेछापबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी थिईन् । उनले हालै सम्पन्न नेकपा एमालेको दसौँ महाधिबेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरे पनि सहमतिमै सदस्य चयन हुने भएपछि मनोनयन दर्ता गराएकी थिईनन् । कार्की लामो समयदेखी सामाजिक सेवाका काम पनि सक्रिय छिन् ।

    एमालेको विधानमै ३३ प्रतिशत महिला सहभागी अनिवार्य गरेकोमा पार्टीले १५ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा उनी रामेछापबाट कार्की परेकी हुन् । प्रमुख सचेतक विशाल भट्टराईसहित १३ जना केन्द्रीय सदस्यमा पुरुष पनि मनोनित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार