सत्ता गठवन्धनका दलबीच छलफल पछि एमसीसीवारे निर्णय हुने – माधब नेपाल, अध्यक्ष (नेकपा एकीकृत समाजवादी)


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २, २०७८

  • काठमाडौँ, २ पुस । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताउनु भएको छ ।

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गर्नुभयो ।

    ‘एमसीसीवारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘सबै पार्टीको विचार आउनुपर्यो ।’ उहाँले सत्ता गठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने जिकिर गर्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार