प्रधानमन्त्री महिला कप क्रिकेट : प्रदेश १ समूह विजेता


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस ६, २०७८

  • सुदूरपश्चिम, ६ पुस । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री महिला कप क्रिकेटअन्तर्गत आज भएको खेलमा प्रदेश नं १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले राजित गरेको छ । जितसँगै प्रदेश १ समूह ‘ए’ को विजेता बनेको छ । पहिला ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ११४ रन बनायो । एक सय १५ रनको विजयी लक्ष्य पछ््याएको लुम्बिनी प्रदेशले नौ विकेटको क्ष्यतिमा मात्र ४७ रन बनाउन सक्यो ।

    प्रदेश–१ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाइन् । यस्तै काजोल श्रेष्ठले ४० तथा कप्तान रुविना क्षेत्रीले १५ रन बनाइन् । दोस्रो विकेटका लागि श्रेष्ठ र वेगमले ६२ रनको साझेदारी गरेका थिए । बलिङतर्फ लुम्बिनीका नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक÷एक विकेट लिइन् । एक सय १५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले नौ नौ रन बनाइन् । लुम्बिनीका तीन खेलाडी शून्यमा पवेलियन फर्किए भने तीन खेलाडी रन आउट हुन पुगेका थिए । बलिङतर्फ प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । यस्तै अलिशा खाडियाले दुई र सङ्गिता राईले एक विकेट लिइन् ।

    प्रदेश–१ की कप्तान क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । धनगढीको फाप्ला मैदानमा आजै भएको अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले पराजित ग¥यो । बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । बागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रन तथा हेलिशा गुरुङले २५ र अस्मिना कर्माचार्यले १६ रन बनाइन् । पहिलो विकेटका लागि श्रेष्ठ र गुरुङबीच ७२ रनको साझेदारी भएको थियो । बलिङतर्फ कर्णालीका दिव्या धामीले तीन, एन्जिला क्षेत्रीले दुई र निशा पराजुलीले एक विकेट लिइन् । एक सय ३१ रनको विजय लक्ष्य पछ््याएको कर्णाली १८ दशमलव तीन ओभरमा ५१ रनमै समेटियो । कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाइन् ।

    अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । दिपा रानाले नौ रन बनाइन् । बलिङतर्फ बागमतीका आरती विडारी र विपिशा शाहीले तीन÷तीन तथा सोनी पाख्रिन, खुशी डङ्गोल र ज्ञानुका बस्नेतले एक÷एक विकेट लिइन् । उक्त खेलमा बागमतीकी कञ्चन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार